कर्णले घटोत्कचको वध गर्दा किन हाँसिरहे श्रीकृष्ण ?

काठमाडौं । महाभारतमा कौरव र पाण्डव बीच युद्ध भइरहेको थियो । कर्णले भीमको छोरा घटोत्कचलाई मारे। जब घटोत्कच मारिए, तब सबै पाण्डवहरू दुखी थिए, तर अर्जुनले श्री कृष्ण प्रसन्न भएको देखे ।

जब अर्जुनले त्यस खुशीको कारण सोधे, श्रीकृष्णले भने कि यदि घटोत्कच आज कर्णको हातबाट मरेका थिएनन् भने मैले भविष्यमा उनलाई मार्नु पर्दथ्यो ।

श्री कृष्णको आदेशमा भीमका छोरा घटोत्कच कर्णसँग युद्ध गर्न गएका थिए । घटोत्कच र कर्ण दुबै शक्तिशाली योद्धा थिए, त्यसैले उनीहरूले एक अर्कालाई प्रहार गर्न थाले ।

जब कर्णले देखे कि घटोत्कचलाई कुनै पनि हिसाबले हराउन सकिँदैन, तब उनले आफ्नो ईश्वरीय वरदानको प्रयोग गरे।

घटोत्कचले आसुरी सेनाको भ्रम प्रकट गरे। कर्णले पनि त्यसलाई आफ्ना हतियारहरूले समाप्त गरे। घटोत्कचले कौरवको सेनालाई नष्ट गर्न थालेपछि सेनाको विनाश देखेर सबै कौरवहरूले कर्णलाई इन्द्रले दिएको शक्तिले घटोत्कचको अन्त्य गर्ने सल्लाह दिए । सबैको आज्ञा पालन गरेर कर्णले घटोत्कचलाई मारेका थिए।

घटोत्कचको वधमा पाण्डवहरू दुःखी भए, तर अर्जुनले श्री कृष्णलाई त्यस अवसरमा खुशी देखे। उनले श्री कृष्णलाई सोधे, घटोत्कचाको मृत्युमा तपाई किन खुशी हुनुहुन्छ ? तब श्री कृष्णले भने कर्णसँग ईन्द्रले दिएको ईश्वरीय शक्ति छ, कसैले पनि त्यो शक्तिलाई हराउन सक्दैन। कर्णले तिम्रो लागि त्यो शक्ति राखेका छन्,तर अब कर्णसँग त्यो शक्ति छैन। त्यसैले अब तिमीलाई खतरा छैन ।

यदि आज कर्णले घटोत्ककलाई त्यो अस्त्रको प्रयोग गरेर मारेका थिएनन् भने, एक दिन मैले घटोत्कचलाई मार्नु पर्थ्यो, किनकि उनी ब्राह्मण र यज्ञहरूसँग दुश्मनी भएका राक्षस थिए।

तिमीहरुको छोरा भएकोले मैले अहिले सम्म मारेको थिइन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?