काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतीय सञ्चार माध्यमहरूका केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको हो ।
चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ ।
नेपालमा पनि एक विद्यार्थीमा यो भाइरसको लक्षण देखिएको छ । कोरोना भाइरसका कारण चीनमा १ सय ७०ले ज्यान गुमाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया