मर्लिन मुनरोका १८ उत्कृष्ट भनाईहरु

काठमाडौं । मर्लिन मुनरोको जन्म १ जुन सन् १९२६ मा भएको थियो भने उनको मृत्यु ५ अगस्ट सन् १९६२ मा भएको थियो ।

उनी अमेरिकी अभिनेत्री,मोडल तथा गायिका हुन् । उनी सन् १९५० देखि सन् १०६० को बीचमा चलचित्र क्षेत्रमा क्रियाशील थिइन् ।

मर्लिन मुनरोका १८ उत्कृष्ट भनाईहरु

१. खुसी संसारकै सबैभन्दा उत्कृष्ट चिज हो, किनभने खुसी बिना पीडायुक्त जिन्दगी बिताउँनुपर्छ ।

२. कस्ले भन्यो रात मात्र सुत्नको लागि हो ।

३. यदि तिमीले दोहोरो चरित्र बनाउँछौ भने थोरैमा एउटा चरित्रमा राम्रो बन ।

४. मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चिज भनेको म महिला भएर जन्मन पाएको हो जस्तो लाग्छ ।

५. आकाश अन्तिम सिमा होइन, तिम्रो सोचाई मात्र हो ।

६. एउटी युवतीलाई फकाउँन सक्यौ भने तिमीले जे भन्यो उनले त्यो मान्छिन् ।

७. म राम्री छु तर परी होइन ।

८. मैले पाप गर्छु तर म दानव होइन ।

९. म आकर्षक छु तर म सुन्दर होइन ।

१०. मेरा साथीहरु छन् तर म शान्तीदूत होइन ।

११. तिमी थाक्दैमा नरोकिनु, जुन बेला पुरै काम फत्ते गर्छाै त्यो बेलामात्र रोकिएउ ।

१२. यो धर्तीका हरेक एक तारा हुन्, हरेकलाई चम्कने अधिकार छ ।

१३. ति सबै युवतीहरु जिरो फिगर नभएको कारण मोटी भएको सम्झन्छन्, ख्याल राख तिमी नै सबैभन्दा सुन्दर हौ मोटो त यो समाज छ ।

१४. म कमजोर भएको कारणmे अरुलाई माफा िदिएको होइन,बरु म त्यति निडर छु कि,मलाई थाहा छ मानिहरुबाट गल्ती हुन्छ त्यसैले म माफी दिन्छु ।

१५. एक पटक असफल भयौ भन्दैमा तिमी बारम्बार असफल भईरहने भन्ने होइन,त्यसैले प्रयाश गर्न छोड,जहिल्यै आफूमाथि भरोसा राख ।

१६. जिन्दगी एउटा सुन्दर चिज हो, त्यसैले मुस्कुराउँन नछोड ।

१७. मेरो खराब अवस्थामा मायाँ गर्न सक्दैनौ भने मेरो राम्रो अवस्थामा हेर्न लायकको रहँदैनौ ।

१८.नकारात्मक सोच भएका व्यक्तिलाई मेरो जीवनबाट हटाउँनुको मतलव मैले उनीहरुलाई घृणा गरेर होइन,सम्मान गरेको कारणले हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?