मधेशका मुद्दा संविधानको दायराबाट पूरा गर्न सकिन्छः दाहाल

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका असन्तुष्टि मुद्दालाई शान्तिपूर्ण रुपमा संविधानको दायराबाट पूरा गर्न सकिने बताएका छन् शुक्रबार खुमलटारमा आयोजित पार्टी प्रदेश कार्यक्रममा बोल्दै अध्यक्ष दालालले आफूले मधेशका मुद्दा संवैधानिक दायरबाट सम्बोधन गर्ने कोशिस गरिरहेको बताएका हुन् उनले मधेशले विकास र समृद्धि चाँहेको भन्दै बामपन्थी सरकारले त्यसमा जोड दिने पनि उल्लेख गरे । देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै अध्यक्ष दालाले अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठनका महासचिव चन्दै्र भुषण साह सहितका विद्यार्थी नेताहरुले आज आमोवादी केन्द्रमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?