काठमाडौं । निर्मला बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोपमा नेपाल प्रहरीका एक सिनियर अफिसरसहित दर्जन हाराहारीका प्रहरी कर्मचारी निलम्बन र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै अर्का एक सिनियर अफिसर पनि कारबाहीमा परेका छन् ।
संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ । एसएसपी राणलाई यौन हिंसाको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको हो ।
गृह मन्त्रालयका अनुसार राणाले पदमै रहँदा प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया