काठमाडौं । बौद्ध धर्मका संस्थापक महामानव गौतब बुद्धको जीवनका थुप्रै प्रेरक प्रसंगहरु छन् । उनका विचारहरुमा सुखी जीवनका अनेक सूत्र लुकेका छन् ।
यो प्रसंगमा गौतम बुद्धले कोही व्यक्तिले हामीलाई अपमान गरेको खण्डमा हामीले कस्ता कुरा याद राख्ने भनेर सिकाएका छन् ।
प्रचलित कथा अनुसार भगवान बुद्ध कुनै गाउँमा उपदेश दिँदै थिए । उपदेशमा एक रिसाहा स्वभावका व्यक्ति पनि उनको कुरा सुन्दै बसिरहेका थिए ।
ति व्यक्तिलाई बुद्धको कुरा मन परेन र उनी अचानक उठेर बुद्धलाई पाखण्डी भन्न थाले । उनले रिसाउँदै बुद्धलाई पाखण्डी भने।
ठूलाठूला कुरा गर्नु नै तिम्रो काम हो भनेर गाली गरे । ति व्यक्तिले बुद्धलाई मानिसलाई भ्रममा पारिरहेको आरोप लगाउँदै बुद्धका कुराको आजको समयमा कुनै महत्व नभएको बताए ।
ति व्यक्तिले बुद्धलाई अपमानजनक कुरा सुनाउँदा पनि बुद्ध शान्तपूर्वक सुनेर बसिरहे । रिसाएका ती व्यक्ति बुद्धलाई शान्त देखेर झन् रिसाए ।
उनी बुद्धको आगडि गए र उनको मुखमा थुकेर त्यहाँबाट निस्किए । घर पुगेपछि रिसाएका व्यक्तिको मन शान्त हुँदा उनलाई आफ्नो कृत्यलाई सम्झिएर आत्मग्लानी भयो ।
उनी बुद्धसँग क्षमायाचना गर्न पुगे तर त्यो गाउँबाट बुद्ध छिमेकी गाउँ जान निस्किसकेका थिए । ती व्यक्ति बुद्धलाई खोज्दै अर्को गाउँमा पुगे । त्यहाँ ती व्यक्तिले बुद्धलाई देख्ने बित्तिकै उनको गोडा ढोग्दै उनीसँग क्षमा माग्न थाले ।
बुद्धले भने, तिमी को हौ र मसँग किन क्षमा मागिरहेको छौ ? ती व्यक्तिले भने, तपाईंले बिर्सनुभयो ? मैले हिजो तपाईमाथि दुर्व्यवहार गरेको थिएँ । तपाईको अपमान गरेको थिएँ ।
बुद्धले भने, हिजोको कुरा त मैले त्यहाँ नै छोडेर आइसकेको छु । तिमी भने त्यहाँ नै रोकिएको छौ ? तिमीलाई गल्तीमाथि पछुतो छ र तिमीले पश्चाताप गर्यौ । अब तिमी पापरहित भयौ ।
नराम्रो कुरा याद गरिराख्दा हाम्रो आज बर्बाद हुन्छ । यो बानीका कारण भविष्य बिग्रन सक्छ । त्यसकारण बितिसकेको कुरालाई बिर्सिएर अघि बढ्नुपर्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया