चाणक्य नीतिका अनुसार यी ४ काम गरेपछि तुरुन्तै नुहाउँनु पर्छ…!

काठमाडौं । हिन्दू धर्मशास्त्रमा मानिसकका असल आचरणदेखि बिभिन्न कुराहरुको बयान गरिएको छ । यी कुराहरुलाई कतिपय मानिसहरुले आफ्नो जीवनमा पनि उतारेका छन् ।

शास्त्रका अनुसार मानिसले विहानै उठेर स्नान गर्नुर्छ । विहानै उठेर स्नान गर्दा उसको दिनभरको समय राम्रो बन्ने तथा मन खुशी र शान्त रहने विश्वास गरिन्छ ।

चाणक्य नीतिका अनुसार यी ४ कार्यहरु गरेपछि महिला तथा पुरुषहरुले पवित्रताका लागि तुरुन्त स्नान गर्नुपर्ने हुन्छ ।

१. मालिस

चाणक्य नीति शास्त्रअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेलले मालिस गर्नुपर्छ ।

तेलले मालिसपछि शरीरमा भएका रौँ हुने प्वालहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेलले मालिस गरेपछि नुहाउनुपर्छ । तेलले मालिस गरेपछि ननुहाई बाहिर जानुलाई अशुभ मान्ने गरिन्छ ।

२. शवयात्रा

चाणक्य नीतिमा उल्लेख भए अनुसार मलामी गएर घर आएपछि पनि नुहाउनुपर्छ । किनभने घाट वरिपरी रहेका किटाणुहरुले हाम्रो स्वास्थ्यमा असर पुर्याउँछन् ।

यदि नुहाएन भने कपडा वा शरीरका बसेका किटाणुहरुले समस्या निम्त्याउँन सक्दछन् ।

३. शारीरिक सम्बन्ध

स्त्री वा पुरुष जसले भएपनि शारीरिक सम्बन्धपछि नुहाउनु पर्छ। किनभने त्यो समयमा महिला तथा पुरुष दुवै अशुद्ध हुन्छन् ।

चाणक्य नीतिका अनुसार यदि कसैले शारीरिक सम्पर्कपछि नुहाएन भनेत्यो मानिस कुनैपनि धार्मिक कामका लागि योग्य रहँदैन ।

४. कपाल

चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउँनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?