काठमाडौं । अनलाइन रिटेर कम्पनी अलिबाबाका चेयरम्यान ज्याक मा एक समय एशियाका सबैभन्दा धनी मानिस थिए । जब चाइनामा केएफसी आएको थियो तब २४ जनाले जागिरको लागि आवेदन दिएका थिए त्यसमा २३ जना छानिएका थिए ।
त्यसमा फलिएका एक मात्र व्यक्ति थिए ज्याक मा । उनी आर्मीमा भर्ती हुन पनि गएका थिए तर पाँच जनामा ४ जना छानिए ।
फालिनेमा फेरी पनि परे ज्याक मा । कलेज पढ्न जाँदा पनि धेरै पटक आवेदन दिए तर त्यहाँ पनि उनलाई अस्वीकार गरियो ।
ज्याक माका सफलताका यी ११ सूत्र
१. जहाँ गुनासो छ, त्यहाँ मौका पनि हुन्छ ।
२. सफलताका लागि धैर्यता जरुरी छ ।
३. संसारमा पैसाको कुनै कमी छैन,कमी मात्र सपना देख्ने मानिसहरुको छ ।
४. जिन्दगी धेरै छोटो छ र निकै सुन्दर पनि ।
५. काम प्रति धेरै गम्भीर नहुनुस् र जिन्दगीको मज्जा लिनुस् ।
६. बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्द्धा नगर्नुस्,प्रतिस्पर्द्धा केवल सेवा र र्सिजनाशिलतामा गर्नुस् ।
७. प्रयास नै गर्नुभएको छैन भने अवसर छ कि छैन भन्ने कुरा थाहा हुँदैन ।
८. म जो हुँ त्यहि रहन्छु,आज कठिन छ, भोलि झनै कठिन हुन्छ,तर पर्सि अवस्य दिन आउँछ ।
९. हार मान्नु भएन भने तपाईको अगाडि अर्काे एउटा मौका हुन्छ ।
१०. हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
११. तपाईलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया