हालै चीनको भ्रमण गरेका विदेशीलाई भिषा नदिने अमेरिकाको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गर्दै हालसालै चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भनेका छन् ।

पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नियम लागू हुनेछ र यो नियम अल्पकालिन समयका लागि मात्र भनिएको बताइएको छ ।

तर अमेरिकी नागरिक तथा तिनको निकटवर्ती विदेशी नातेदारलाई भने यो प्रतिबन्ध लागू हुनेछैन ।

चीनले अमेरिकाको उक्त कदमप्रति असन्तुष्टि जनाएको छ । कठिनाइबाट गुर्जिरहेको देशप्रति अमेरिकाको कदमले कसैलाई फाइदा नहुने चीनले टिप्पणी गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यस अघि नै विदेश यात्रामा जान चाहने आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सुझाव दिएको थियो ।

शुक्रबार नै विश्व स्वास्थ संगठनले कोरोनाभाइरस प्रकोपलाई विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो ।

तथापि विश्व स्वास्थ्य संगठनले विश्वका सम्पूर्ण देशले तिनको देशभित्र प्रकोप फैलिन नदिन काम गर्नुपर्ने बताए पनि यात्रु आवगमन रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएको छ ।

चीनले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि विद्यालय र विश्वविद्यायललाई अर्को हप्तासम्मको लागि विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?