काठमाडौं- पोखरा विमानस्थलमा बुद्ध र यतीका जहाज ठूलो दुर्घटनाबाट जोगिएका छन् । प्राप्त जानकारी अनुसार एटीसीको सामान्य कमजोरीका कारण ति दुई जहाज झण्डै ठोक्किएका हुन् ।
विमानस्थलका कर्मचारीले ठूलो दुर्घटना टरेको प्रतिक्रिया दिए । पोखरा विमानस्थलबाट काठमाडौं उड्नै लागेको बुद्धको जहाज र काठमाडौंबाट पोखरा विमानस्थलमा अवतरण गर्नै लागेको यतीको जहाज झण्डै ठोक्किएका थिए ।
विमानस्थल स्रोतका अनुसार एटीसीले उडान र अवतरणका लागि सँगसँगै अनुमति दिँदा दुईवटा जहाज निकै नजिक पुगेको थिए ।
रनवेमै रहेको बुद्ध एअरको विमान र विमानस्थलमा अवतरण गर्न लागेको यतीको जहाजबिचको तालमेल नमिल्दा यस्तो भएको हो । विमानस्थलका सूचना अधिकारी भन्छन्, बुद्धले रोक्नुपर्ने थियो तर त्यसो हुन नसक्दा झन्डै दुर्घटना भएन ।
दुवै जहाजमा रहेका यात्रु र विमानस्थलमा रहेका सर्वसाधारण ठूलो त्रास देखिएको थियो । गत माघ ६ गते पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीका दुई जहाज ठोक्किएका थिए । जनकपुर जाने तयारीमा रहेको बुद्ध एयरको जहाज यतीसँग ठोक्किँदा कोरिएको थियो ।
यो पनि पढ्नुहोस् ।
हेडलायन्स : यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना
एजेन्सी । अहिले विमान दुर्घटनाका घटना दिनानुदिन भईरहेका छन् । आज पनि इरानमा १८० यात्रु सवार विमान दुर्घटना भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार विमानमा सवार १८० जनासहित चालक दलका सदस्यहरु सबैको मृत्यु भएको छ ।
तर आजसम्मकै सबैभन्दा डरलाग्दा विमान दुर्घटनाको बारेमा सायदैलाई मात्र थाहा होला । अहिले सम्मकै १० भयानक विमान दुर्घटना कहिले र कहाँ भएका थिए त ? जानिराखौँ ।
१. स्पेन
२७ मार्च सन् १९७७ मा संसारमा भएका विमान दुर्घटना मध्ये अहिलेसम्मकै भयानक विमान दुर्घटना भएको थियो । जसमा ५८३ जना मानिसहरुको ज्यान गएको थियो । यो घटना स्पेनको द्वीप टेनेरिफको हवाई अड्डामा दुई विमान रनवे गर्दैगर्दा एकआपसमा ठोकिएर भएको थियो । पुरा पढ्न हेडलाईन्सको लिंक क्लिक गर्नुहोस् ।
के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?
काठमाडौं । विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स । विमान दुर्घटना भन्ने बित्तिकै के कारणले दुर्घटना भयो भन्ने आधिकारीक कारण थाहा पाउन त्यहि ब्ल्याक बक्सको खोजी गरीन्छ । त्यसैले यो विमानका लागि अति आवश्यक उपकरण हो । हामीले सुन्ने गरेका पनि छौ विमान दुर्घटना भयो भने ब्ल्याक बक्सको खोजि हुन्छ ।
आखिर यो ब्ल्याक बक्स केहो त ? हरेक विमानमा ब्ल्याक बक्स हुन्छ र दुर्घटनापछि यो ब्ल्याक बक्स खोजिन्छ । ब्ल्याक बक्स के हो र यसले के काम गर्छ भन्ने बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसैकुरालाई मध्यनजर गरेर हामीले ब्ल्याक बक्स केहो र यसले के काम गर्छ भन्ने बारेमा रिपोर्ट तयार पारेका छौं ।
के हो त ब्ल्याक बक्स ?
ब्ल्याक बक्स खासमा एक रेकर्डर हो । यो रेकर्डरमा विमान दुर्घटना हुनुभन्दा अघि २ घण्टाको आवाज रेकर्ड हुन्छ । यसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन् । विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ र यसमा रेकर्ड भएको आवाजको आधारमा दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ । ब्ल्याक बक्समा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ । र, त्यसबाट के थाहा हुन्छ भने, दुर्घटनाका बेला जहाजमा कस्तो अवस्थामा थियो । पाइलटहरुले के कस्तो कुरा गरेका थिए ? के भनेका थिए ? यी सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ ।
विमानको कुन भागमा अथवा कहाँ हुन्छ ब्ल्याक बक्स ?
सुरक्षाको दृष्टिले ब्ल्याक बक्सलाई खासगरी विमानको पछिल्लो भागमा राखिएको हुन्छ । यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ । यतिसम्म की समुद्रमा डुबेको अवस्थामा पनि ब्ल्याक बक्सको भ्वाइस रेकर्ड सुरक्षित रहन्छ ।
ब्ल्याक बक्सको रोचक तथ्य
रोचक त के भने ब्ल्याक बक्सको रंग कालो हुँदैन । यो सुन्तला रंगको हुन्छ । ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । एउटा एफडीआर (फ्लाइट डाटा रेकर्डर) र अर्को सीभीआर (ककपिट भ्वाइस रेकर्डर) । एफर्डआरले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने सीभीआरले ककपिटमा पाइलटहरुको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।
सुन्तला रंगको डिब्बाको नाम कसरी रहन गयो ब्ल्याक बक्स ?
एक बैठकमा एक पत्रकारले यो बक्सलाई ‘ब्ल्याक बक्स’ भनेपछि यही नाम प्रचलनमा आएको हो । सायद त्यतिबेला यो बक्स जलेर कालो भएकोले उनले यसो भनेका थिए तर पछि यही नाम नै प्रचलित भयो र सुन्तले रंगको डिब्बालाई ब्ल्याक बक्सको नामले चिन्न थालियो ।
५ दिन अघि इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको थियो। विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ । विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेका थिए । त्यहाँको पनि ब्ल्याक बक्स भेटिएको छ । त्यो रिलिज भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया