गोंगबु–नयाँ बसपार्क एरियामा प्रहरीको छापाः ३२ महिलासहित ७१ जना समातिए

काठमाडौँ । राधानीको गोंगबु र नयाँबसपार्क क्षेत्रमा शनिबार राति प्रहरीले छापा मारेको छ ।

‘स्वीप अपरेशन नाम’ दिइएको सो प्रहरी कारबाहीमा ३२ महिलासहित ७१ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लागूऔषध दुर्ब्यसनी, वेश्यावृत्ति गर्ने गराउने, तोकिएको मापदण्ड बमोजिम संचालन नगर्ने व्यवसायी र यात्रुहरूलाई हैरानी दिने दलाल समेत रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर थप अनुसन्धान भइरहेको छ ।

नियन्त्रणमा लिइएकोमा उर्वशी डान्स बारका संचालक, नमस्ते डान्स बारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्ट लगायत रहेको र केहीको साथबाट लागू औषध गाँजा र ड्रग्ससमेत फेला पारिएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

प्रहरीले गो‌ंगबु र नयाँ बसपार्क क्षेत्रलाई मर्यादिन बनाउने भन्दै पछिल्लो समय बाक्लो अपरेसन चलाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?