दक्षिण कोरियाः अस्पतालमा आगलागी, ४० भन्दा बढीको मृत्यु, ११ को अवस्था गम्भिर

एजेन्सी । दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ४० जना भन्दा बढीको मृत्यु भएको छ । सो आगलागीमा अन्य ४० जना घाइते भएका छन् । घाइते हुनेमा ११ को अवस्था गम्भिर रहेको छ देशको दक्षिण पूर्वी क्षेत्रमा रहेको मिलयङस्थित भवनको एउटा आपतकालीन कक्षबाट शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरूले कैयौं घण्टै लागेको थियो आगलागीको समयमा उक्त अस्पतालमा झण्डै दुई मानिसहरू उपचारका लागि आएका थिए धैरै जना वृद्ध नागरिकहरू त्यसबेला नर्सिङ सेवा उपलब्ध गराउने संगैको अर्को भवनमा थिए दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सरकारको तत्कालको प्रतिक्रियाबारे एउटा आपतकालीन बैठक आह्वान गरेका थिए उनले उद्धार तथा खोजमा सम्पूर्ण श्रोत साधन प्रयोग गरेर जीवन रक्षा गर्न निर्देशन दिए यो दक्षिण कोरियामा एक महिना अन्तरालमा भएको दोस्रो ठूलो आगलागीको घटना हो डिसेम्बरमा एउटा ’फिटनेश सेन्टर’मा आगलागी हुँदा कम्तिमा पनि २९ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?