आकाशियो लसुनको मूल्य

काठमाडौं । नेपाली बजारमा केहीदिन यता लसुनको भाउ अत्याधिक मात्रामा बृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल प्रतिकेजी लसुनको मूल्य औषत ५५० रुपैयाँ पुगेको छ । तर करिव २ हप्ता अघि मात्र सुकेको लसुनको मूल्य औषत २४५ रुपैयाँ रहेको थियो । दिनानुदिन मूल्य बढ्दै जाने क्रममा अघिल्लो हप्ता लसुनको मूल्य ४९५ पुगेको थियो । भने आइतवार अधिकतम मूल्य ५६० सम्म पुगेको छ । साथै बजारमा खुद्रा मूल्य भने ६०० सम्म पुगेको व्यवसायीहरुले बताएका का छन् ।

नेपाली बजार आयातमा आश्रित भएका कारण बेलाबेला नेपाली बजारमा फलफूल तरकारी तथा अन्य उपभोग्य बस्तुहरुको मूल्य बृद्धि हुने गर्दछ । केहि समयदेखि चीनबाट आउने लसुनको आयातमा कमि भएका कारण नेपाली बजारमा मूल्य बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । भारी हिमपातका कारण रसुवागढिमा भएको अवरोधका कारण चीनसँगको व्यापारिक रसुवागढि नाका बन्द भएको छ । त्यस्तै व्यवसायीहरुका अनुसार अझै एक महिना लसुनको मूल्य बृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

त्यस्तै हाल हरियो लसुनको मूल्य औषत १४५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको छ । त्यस्तै बजारमा सुकेको लसुनको मूल्यमा भएको बृद्धिका कारण हरियो लसुनको मूल्यमा पनि बृद्धि भएको छ । त्यस्तै लसुनको मूल्य १६ प्रतिशतले बृद्धि भएको छ । हालसम्मको लागि लसुनको मूल्य अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको हो । यो दुई हप्तामा सुकेको लसुनको मूल्य भने १२५ प्रतिशतले बढेको पनि पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?