काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटीको बैठक आज सकिँदैछ । चार दिनदेखि जारी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार सकिँदै छ ।
बैठकको अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरुबाट आएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुलाई संवोधन गर्ने कार्यक्रम छ । त्यस्तै प्रचण्डले दस्तावेजमाथिको जवाफ दिने कार्यक्रम छ ।
१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिने कार्यक्रम छ ।
त्यस्तै आज सकिने बैठकका विषयबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल गर्दे छन् । समान धारणा लैजान छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया