तासमा समेत नेपाल परनिर्भर, ६ महिनामा १५ करोडको आयात

काठमाडौं । चालू आर्थिक बर्षको दोस्रो त्रेमासिकसम्म अन्य मुलुकबाट ८८ लाख ५३ हजार ‘बुक’ तास आयात भएको भएको छ । जसको मूल्य झण्डै १५ करोड रुपैयाँ सम्म पर्ने भन्सार विभागले जनाएको छ । आर्थिक वर्षको यो अवधिसम्ममा भन्सार विभागको तथ्यांक अनुसार १४ करोड ८३ लाख रुपैयाँ बराबरको तास आयात भएको हो ।

यस अवधीमा मित्र राष्ट्र चीनबाट १२ करोड ८६ लाख रुपैयाँ बराबरका ७६ लाख ९५ हजार ‘बुक’ तास आयात भएको तथ्यांकले देखाएको छ। भने भारतबाट १ करोड १० लाख रुपैयाँ बराबरका ९ लाख ६८ हजार ‘बुक’ तास आयात भएको छ । साथै मलेसियाबाट ५३ हजार ‘बुक’ तास करिब ५३ लाख २३ हजार रुपैयाँ बराबरको तास आयात भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?