काठमाडौं । अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रन्जित बच्चनको हत्या भएको छ । भारतको उत्तर प्रदेशस्थित लखनउमा विहान मर्निङ वाकका लागि निस्केका बच्चनलाई आज विहान साँढे ६बजे बाईकमा सवार एक व्यक्तिले टाउकोमा गोली हानेर हत्या भएको छ ।
आफ्ना एक साथी आशिषसँग विहान मर्निङ वाकका लागि निस्किएका बच्चनको गोलि हानेर हत्या गरिएको भारतीय सञ्चारमाध्यामहरुले बताउका छन् ।
आशिष पनि घाईते भएका छन् । उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ । अध्यक्ष बच्चन हजरतगञ्जको ओसीआर महलमा बस्ने गर्दथे । प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि पठाएको छ । डीसिपी मध्य दिनेश सिंहले आज विहान मर्निङ वाककालागि निस्किएका अध्यक्ष बच्चनको बाइकमा आएका अज्ञात समूहले गोली हानेर हत्या गरेको बताएका छन् ।
अहिले हत्याराको खाजी भईरहेको उनले भारतीय सञ्चारमाध्यामहरुलाई बताएका छन् । गएको वर्ष पनि भारतका हिन्दूवादी नेता कमलेश तिवारीलाई उनकै घरमा छिरेर हत्या गरिएको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया