बिल गेट्सको छोरी जेनिफरको ‘इंगेजमेन्ट’ घोषणा, को हुन् ज्वाईं बन्ने भाग्यमानी ?

काठमाडौं । बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन् । माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरफो इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएका छन् ।

जेनिफरले आफ्नो इन्स्टाग्राममा तस्बिर राख्दै यसबारे जानकारी दिएकी हुन् । नायल नासारले उनलाई प्रस्ताव राखेको पनि उनले बताएकी छन् । जेनिफरका अनुसार नायलले आगामी ओलम्पिक्समा इजिप्टलाई ‘क्वालिफाइ’ हुन मद्दत गरेका थिए । योसँगै इजिप्ट ओलम्पिकको ६० वर्षमा पहिलोपटक सहभागी हुँदैछ ।

जेनिफरले नायालसँगको फोटो राख्दै मायालु सन्देश पनि लेखेकी छन् :  ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु’। नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन् । दुवैलाई घोडचढी खेलमा रूचि छ । गत वर्ष एक अन्तर्वार्तामा जेनिफरले भनेकी थिइन्’ घोडाहरू हाम्रो जीवनको एक पाटो हुन् । अनि खेलमा हाम्रो अगाध रूचि छ। नायल व्यवसायिक छ । म त सोखका लागि मात्र गर्छु ।’ एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?