अभिषेकको हत्या अभियोगमा २ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै मृत फेला परेका झापाका युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा विजय कार्की र अर्जुन कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो । हत्यामा संलग्न भएको आरोपमा
मंगलबार बिहान केशलिया खोला किनारमा विभत्स अवस्थामा झापा विर्तामोडका २० वर्षिय अभिषेक कटवालको शव भेटिएको थियो । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहबी नगरपालिका– १२ सीमाना भएर बग्ने केशलिया खोलाको सुनसरी तर्फ बालुवा र परालले छोपेको अवस्थामा शव भेटेको प्रहरीले अनुसन्धानका क्रमम दुईजनालाई पक्राउ गरेको हो ।

मामाघर बस्दै आएका युवक माघ ९ गते मे १० प ८६७५ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए । विराटनगर आएका उनी विजय र अर्जुनसँग जोगवनी बजार पुगेका थिए । घटना सोही दिन भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका दुईजना लागूऔषध प्रयोगकर्ता रहेको बताएको छ । मृतक पनि लागूऔषध प्रयोगकर्ता भएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई आइतबार दिउँसो म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

पक्राउ परेका विजयले मृतकको जुत्ता र स्कुटर लगेका थिए भने अर्जुनले ज्याकेट लिएर गएका थिए । शनिबार विजयलाई लागूऔषध सेवन गरेकै अवस्थामा प्रहरीले बाहुनीबाट पक्राउ गरेको थियो ।

यो पढ्नुभएको थियो ?

विभत्स हत्या गरी फालिएका युवकको पहिचान खुल्यो, चाँडै फर्कन्छु भन्दै घरबाट निस्किएका थिए

विभत्स हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?