काठमाडौं । यतिखेर बजारमा ब्रोइलर कुखुराको मासु अत्याधिक मात्रामा बृद्धि भएको छ । त्यसरी मूल्य बृद्धि भएसँगै ंहालसम्मको मूल्य विवरणमा नयाँ रेकर्ड समेत कायम भएको छ । शनिवारदेखि लागु हुनेगरि नयाँ मूल्य निर्धारण भएको हो ।
हाल बजारमा जिउँदो ब्रोइलरको मूल्य २ सय ७० रुपैयाँ कायम भएको छ । त्यस्तै जीउँदो कुखुराको मूल्यमा बृद्धि भएको कारण पनि मासुको मूल्य प्रतिकिलो ४ सय पुगेको छ ।
हाल बजारमा माग अनुसार कुखुरा छैनन् । जसको कारण कोल्ड स्टोरले दिउसै पसल बन्द गर्न थालेका छन् । किसानसँग सस्तोमा किनेर कोल्ड स्टोरमा राखिएको मासुसमेत व्यापारिहरुले सस्तोमा खोज्न थालेको व्यवसायीहरुले गुनासो गर्न थालेका छन् ।
विभिन्न रोगका कारण पछिल्लो समय ब्रोइलर कुखुरा ३० दिन पालिसकेपछि मर्ने क्रम बढेको छ । जसको कारण किसानहरुले समयमा नै कटाउन सकेनन भने ठुलो घाटा वेहोर्नु परिरहेको छ । त्यस्तै असोजदेखि मंसिरसम्म ब्रोइलर कुखुराको मूल्य २ सय रुपैयाँ समेत नआउँदा किसानले खोरमा चल्ला राखेका थिएनन् । साथै त्यतिबेला भने लागत मूल्य नै २ सय २० हाराहारीमा रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया