बलात्कार आरोप लागेका एसएसपी राणाले गरे आत्मसमर्पण

काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि राणा आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं उपस्थित भएका हुन् ।

यौन दुर्व्यवहारको आरोपमा राणालाई गृह मन्त्रालयले दुई दिन अघि निलम्बन गरेको थियो। राणाले आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन्। एसएसपी राणाले भने त्यसमा सत्यता नभएको दावी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?