काठमाडौं । बलिउडमा मुख्य कलाकारहरुको फिल्ममा ठूलो बजेट खर्च हुन्छ । बलिउडमा जति ठूला कलाकारहरुलाई फिल्ममा भूमिका दिइन्छ, त्यति नै धेरै रकम खर्च पनि हुन्छ ।
तर धेरै कलाकारहरुले फिल्ममा काम गरेको पारिश्रमिक नै लिएका छैनन् ।
यी १० चलचित्रबाट कलाकारहरुले पारिश्रमिक लिएका छैनन्
१.ओम शान्ती ओम
अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको चलचित्र ओम् शान्ती ओम्बाट अहिलेसम्म पनि उनले पारिश्रमिक लिएकी छैनन् ।
फराह खानको निर्देशनमा रहेको यो चलचित्रमा अभिनेता शाहरुख खान र दीपिका पादुकोणको मुख्य भूमिका रहेको छ । यो चलचित्र सन् २००७ मा रिलिज भएको थियो ।
२. भाग मिल्खा भाग
राकेश ओम प्रकाश मेहराको निर्देशनमा बनेको चलचित्र भाग मिल्खा भागमा फरहान अख्तर र सोनम कपुरको मुख्य भूमिका रहेको छ ।
यो चलचित्र १२ जुलाई सन् २०१३ मा प्रदर्शन भएको थियो । यो चलचित्र मिल्खा सिंहको जीवनमा आधारित चलचित्र पनि हो । यो चलचित्रबाट अभिनेता फरहान अख्तारले आफ्नो कामको पारिश्रमिक लिएका छैनन् ।
३. हैदर
अभिनेता शाहिद कपुर र अभिनेत्री श्रद्धा कपुरको मुख्य भूमिका रहेको क्राइम ड्रामा चलचित्र हैदर २ अक्टुबर सन् २०१४ मा प्रदर्शनमा भएको थियो । निर्देशक विशाल भारद्वाज र निर्माता सिद्धार्थ राय कपुर रहेको फिल्म हैदरबाट अभिनेता शाहिद कपुरले पारिश्रमिक लिएका छैनन् ।
४. ब्ल्याक
अभिनेता अमिताभ बच्चन र अभिनेत्री रानी मुखर्जीको अभिनय रहेको चलचित्र ब्ल्याकबाट अमिताभले पारिश्रमिक लिएका छैनन् । सञ्जय लिला भन्सालीको निर्देशन तथा लेखनमा बनेको चलचित्र ब्ल्याक ४ फ्रेब्रुअरी सन् २००५ मा रिलिज भएको थियो ।
५. हे राम
शहरुख खान, कमल हसन र रानी मुखर्जीको अभिनय रहेको फिल्म हे राम सन् २००० मा प्रदर्शन भएको थियो । चलचित्र हे राम कमल हसनको निर्देशनमा बनेको थियो । यो चलचित्रबाट पनि शाहरुखले पारिश्रमिक लिएका थिएनन् ।
६. आमिर खानले आजसम्म जति पनि चलचित्रमा काम गरेका छन् ति सबै चलचित्रमा उनी पहिल्यै पारिश्रमिकको डिमान्ड गर्दैनन् । उनी चलचित्र रिलिज भईसकेपछि प्रतिशतको आधारमा मात्र परिश्रमिक लिने गर्दछन् ।
७. सलमान खानले आजसम्म स्पेशल अपिरियन्स भएका कुनैपनि चलचित्रहरुबाट पारिश्रमिक लिएका छैनन् ।
८. मन्टो
प्रसिद्ध उर्दू लेखक सआदत हसन मन्टोको बारेमा आधारित चलचित्र हो । यो चलचित्र सन् १३ मे सन् २०१८ मा प्रदर्शनमा भएको थियो ।
नन्दिता दासको निर्देशन तथा लेखनमा बनेको चलचित्रमा नवाजुद्दिन सिद्दिकी,ताहिर राज भासिन, रसिका दुगगल, ऋषि कपुर र परेश रावल आदि कलाकारहरुको भूमिका रहेको छ । यो चलचित्रबाट नवाजुद्दिन सिद्धिकीले पारिश्रमिक लिएका छैनन् ।
९. रोड टु लद्दाक
अश्विन कुमारको निर्देशनमा सन् २००८ मा प्रदर्शन भएको चलचित्र रोड टु लद्दाकबाट इरफान खानले पारिश्रमिक लिएका छैनन् ।
१०. पाकिजा
सन् फ्रेब्रुअरी ४ सन् १९७२ मा प्रदर्शन भएको चलचित्र पाकिजा कमल अम्रोहीको निर्देशनमा निर्माण भएको चलचित्र हो । यो बाट मिना कुमारीले पारिश्रमीक लिएकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया