एमसीसी विवाद समाधानका लागी झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । एमसीसी विवाद समाधानमा लागी पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरीएको छ ।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भिम रावल छन् । जारी केन्द्रीय समिति बैठकमा आइतबार अध्यक्ष प्रचण्ड केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदैछन्। जवाफ दिनेक्रममा एमसीसी विवाद समाधानका लागि समिति गठनको प्रस्ताव गरेका हुन्।

१५ गतेबाट शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक अझै जारी छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट उठेका प्रश्नको जवाफ दिएका छन् । उनले एमसिसी संसोधन गरेर पारित गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?