काठमाडौं । विन्स्टन चर्चिल (३० नोभेम्बर सन् १८७४-२४ जनवरी सन् १९६५) एक अंग्रेज शशक्त राजनीतिज्ञ हुन् । उनी द्वितीय विश्वयुद्ध, १९४०-१९४५को समयमा इंग्ल्याण्डको प्रधानमन्त्री थिए ।
उनी प्रसिद्ध कुटनीतिज्ञ तथा प्रखर वक्ता थिए । उनी सेना अधिकारी समेत हुन् भने एक इतिहासकार, लेखक तथा कलाकार पनि थिए । उनी नोबेल पुरस्कारबाट सम्मानित हुने एकमात्र प्रधानमन्त्री हुन् ।
विन्स्टन चर्चिलका १६ जीवनोपयोगी भनाई
१. युद्धमा तिमी एकपटक मात्र मर्छौ तर राजनीतिमा पटक-पटक मर्नुपर्छ ।
२. यदि सफल बन्न चाहान्छौ भने सिंहको मुखमा हात राख्ने हिम्मत गर ।
३. मित्रताको परिक्षण खराब परिस्थितिमा उसले देखाएको व्यवहारका आधारमा गरिन्छ ।
४. यदि बाटोमा हिँड्ने हरेक कुकुरलाई ढुंगाले हान्दै हिँड्न थाल्यौ भने तिमी गन्तव्यसम्म कहिल्यै पुग्न सक्दैनौ ।
५. पटक-पटक असफल भए पनि आफ्नो उत्साहलाई नघटाई हिँड्न सके मात्रै सफलता मिल्छ ।
६. तिम्रा शत्रु छन् भने त्यो धेरै राम्रो हो, किनभने तिमी आफ्नो जीवनमा केहि न केहि चिजमा उठ्न सकेका रहेछौ ।
७. हामीले जे पाउँछौँ त्योबाट जीवन चलाउँछौँ तर हामीले जे दिन्छौँ त्यो बाट जीवन बनाउँछौँ ।
८. छोटा शब्दहरु राम्रा हुन्छन् र पुराना शब्दहरु सबैभन्दा राम्रा हुन्छन् ।
९. इतिहास सधैँ विजेताहरुबाट लेखिएको हुन्छ ।
१०. एक्लो रुख यदि पूर्ण रुपमा उम्रिन्छ भने बलियो भएर उम्रिन्छ ।
११. राजनीति कुनै खेल होइन, यो त कमाई हुने थलो हो ।
१२. हावाको चाप जति धेरै हुन्छ त्यति माथि चंगा उड्न सक्छ ।
१३. हामी अव्यक्त शब्दका मालिक हौँ,तर ति शब्दहरुको नोकर हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
१४. हामीले विगत र वर्तमानबीचको विवादलाई हेरिराख्यौँ भने आफ्नो भविष्य गुमाउँनेछौँ ।
१५. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर ।
१६. सफलताका तीन वटा सूत्रहरु छन्,एउटा कहिल्यै हरेस नखाउ, दुई कहिल्यै पनि हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया