काठमाडौं । महाभारतको युद्ध त हामीलाई थाहा नै छ । द्वापर युगको अन्त्यमा महाभारतको युद्ध भएको थियो । विश्वमा भईरहेको पाप र अत्याचारलाई नष्ट गरेर धर्मको स्थापना गर्न महाभारतको युद्ध भएको विश्वास गरिन्छ ।
पाँच पाण्डवहरू धर्मरक्षक भएका कारणले नै भगवान श्रीकृष्णले पाण्डवको माध्यमबाट पापीष्ठ कौरवको नाश गरेका थिए ।
पाण्डवले धर्म नष्ट हुन्छ भन्ने ध्येयले कौरवसँग युद्ध नगर्ने सम्भावना बढिरहेको बेला भगवान कृष्णले युद्धका लागि क्रोध र द्वेष पर्याप्त भएको ठाउँ छानेका थिए।
महाभारत युद्ध हुने निश्चय भएपछि युद्धभूमि खोज्नका भगवान श्रीकृष्णले धेरुै दूतहरुलाई बिभिन्न खबर फैल्याए । ती श्रीकृष्णका दूतहरू जहाँ जान्थे त्यहाँको विशेष घटना बुझेर श्रीकृष्णलाई बताउँने गर्दथे ।
कुरुक्षेत्र पुगेको दूतले सुनाएको वृत्तान्तका आधारमा भगवानले युद्ध भूमि निश्चित गरे । दूतले एकचोटि कुरुक्षेत्रमा घनघोर वर्षा भइरहेको प्रसंग सुनाए ।
एक ठाउँमा ठूलो दाजुले आफ्नो सहोदर भाइलाई वर्षाबाट जोगाउनका लागि आली बनाउन लगायो । भाईले त्यसो गर्न स्पष्ट रूपमा अस्वीकार गरेपछि दाई रिसले आगो भएर भाइलाई छुरा हानेर मारिदियो ।
त्यसपछि उसले भाईको लाशको खुट्टा घिसारेर त्यही लाशकै आली बनाइदियो । यस्तो नृशिंह हत्याको कथा सुनेर श्रीकृष्णले यो ठाउँ भाईहरूकाबीच युद्धका लागि उपयुक्त रहेको निश्चय गरेका थिए ।
त्यहाँ पुग्दा मस्तिष्कमा जस्तो प्रभाव पर्छ त्यसले प्रेम र सन्धिवार्ता हुन दिँदैन भन्ने श्रीकृष्णलाई थाहा थियो । र भयो पनि त्यहि यो युद्धमा नातासम्बन्धका सबै सीमाहरू भत्काइए ।
त्यहाँ पर्याप्त रगत बग्यो । त्यसैले शुभ अशुभ विचार वा कर्मको संस्कार भूमिमा समाहित भएर बसेको हुन्छ । त्यसैले शुभ विचार राख्ने र शुभ कार्य गर्नाले भूमि, पर्यावरण र प्रकृतिमा त्यसको असर पर्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया