काठमाडौं । यतिखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ कमिटि विस्तारको क्रममा रहेको छ । यसैक्रममा पाटी सभापति शेरवहादुर देउवाले अध्यक्षमा राजिव ढुङ्गानालाई नियुक्त गरेका छन। साथै उपसभापतिमा तुलसा पन्त तथा मुक्तिराम पौडेल रहेका छन् । भने महामन्त्रीमा क्रमशः मनोज वैद्य, महेश्वरी कुँवर, दिपक भट्टराई, उर्मिला थपलिया,प्रभातकुमार दाहाल, बलदेव तिमल्सिना तथा युवराज पान्डे रहेका छन् ।
सभापति देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति’ मा पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका हुन् ।
केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार देउवाले तदर्थ समिति गठन गरेका हुन् ।
साथै नेविसंघको तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने काँग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया