काठमाडौँबाट एक लाख घुससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन् । अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता प्रदीपराज कोइरालाले उनलाई पउनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । पौडेलसहित उनका सहयोगी पनि समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?