काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड साओमीले भ्यालेन्टाइन अफर ल्याएको छ । साओमीले बजारमा भर्खरै मात्र नयाँ फोन रेड्मी के २० प्रो सार्वजनिक गरेको थियो । भने कम्पनीले नेपालमा प्रेमदिवसको अवसरमा उक्त फोनको मूल्य घटाएको जनाएको छ ।
हाल उक्त फोनको मूल्य ४९ हजार ९ सय ९९ रहेको छ । जसमा ८ जिबी र्याम र २५६ जिबी रोम रहेको छ । तर कम्पनीका अनुसार भ्यालेन्टाइन अफर अन्तर्गत २ हजार छुट दिएको कम्पनीले जनाएको छ । छुट पछि उक्त फोन ४६ हजार ९ सय ९९ पर्ने आउनेछ ।
प्रेम दिवसमा विशेष प्रेमी प्रेमीकाहरुले उपहार दिने चलन रहेको छ । त्यसरी दिईने उहपहारमा सुलभ बनाइदिएमा प्रेमी प्रेमिकालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।
प्रेम दिवसको अवसरमा ल्याइएको उक्त योजना भ्यालेन्टाइन अर्थात फेब्रुअरी १४ तारिकसम्म मात्र लागू हुने कम्पनिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया