यातायातका अधिकृत १३ हजार घुससहित पक्राउ

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भूका अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राही खतिवडाले सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि १३ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई घुससहित कार्यालय परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?