काठमाडौं । सूर्य तेज प्रकाशका कारण सूर्यको नजिक जान सकिँदैन । यसै कारणले वैज्ञानिकहरुले सूर्यको बारेमा कम मात्रै अनुसन्धान गरेका छन् ।
तर हालमा मात्रै अमेरिकाको एक द्वीपमा रहेको संसारकै सबैभन्दा ठूलो टेलिस्कोपले सूर्यको सतहको एउटा अनौठो तस्बिर कैद गरेको छ ।
जसमा बाहिरको भाग मौरीको चाका जस्तो फोटो भेटिएको हो । साथै यो फोटो एकदमै चमकदार रहेको वैज्ञानिकहरुले बताएका छन् ।
डेनियलको इनोयद्वारा सञ्चालित यो टेलिस्कोपले तस्बिरका साथै भिडियो पनि बनाएको छ । जसमा सूर्यको सतह प्रत्येक १४ सेकेण्डमा फैलिने र खुम्चिने गरेको तथ्य फेला परेको हो ।
मौरीको चाका जस्तो यो चिज बिभिन्न कोशिकाहरु मिलेर बनेको छ । यो टेक्सास प्रान्त जस्तै आकारको छ । त्यहाँ जब सेल्स फैलिने र खुम्चिने हुन्छ त्यो बेला धेरै गर्मी निस्किने गरेको वैज्ञानिकहरुले बताएका छन् ।
टेलिस्कोपको माध्यामबाट सूर्यको धेरै नजिकबाट लिइएको यो पहिलो पटक हो । वैज्ञानिकहरुका अनुसार सूर्यको बाहिरी वायुमण्डलको बिस्तारले पृथ्वीमा असर गर्ने गर्छ ।
अनुसन्धान कर्ता प्रोफेसर जेफ कुनका अनुसार ग्यालिलियोको समयदेखि नै सूर्यको अध्ययन गरिँदै आइएको छ । तर भर्खरै प्रकाशित भएका तस्बिरले भने अध्ययनलाई उचाईमा पुर्याएको उनको बुझाई छ ।
टेलिस्कोपका निर्देशक थोमस रिम्मेले अहिले सम्म सबैभन्दा हाई रिजोल्युशन तस्बिर भएको बताएका छन् । उनले सूर्यको सतह उजाड तथा डरलाग्दो रहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया