काठमाडौ । ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माणकार्य अवरुद्ध बनेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् ।
उनीहरुले पुलको निर्माणकार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन भएकोमा आक्रोश पोखेका छन् ।
योजना आयोग, अर्थमन्त्रालय र भौतिक निमाण मन्त्रालयबीच समन्वय हुन नसक्दा थप समस्या आएको सांसदहरुको भनाइ थियो ।
बैठकमा पप्पु कन्स्ट्रक्सनको बेइमानी मिडियाले खुलासा गरेपनि अन्य निर्माण कम्पनीहरुको विषयमा भने राज्य नै मौन बनिदिँदा बदमासी सार्वजनिक हुन नसकेको विषयमा कुरा उठेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया