काठमाडौं । आफ्नो घरको सपना त हामी सबैले देख्ने गर्दछौँ । तर अन्तरिक्षमा बस्ने मौका तपाईले पाउँनुभयो भने कस्तो होला ? तपाईको यो सपना अब छिटै पुरा हुँदैछ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक्जियम स्पेस नामक स्टार्टअप कम्पनीसँग मिलेर स्पेस होम निर्माण गर्ने फैसला गरेका छन् । स्पेस होम बनिसकेपछि अन्तरिक्षमा बसेरै टिभी हेर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
नासाले आफ्नो यो प्रोजेक्ट सन् २०२४ सम्ममा पुरा गर्ने बताएको छ । स्पेस टुरिजम बढाउँनको लागि नासाले यसलाई व्यवसायिक रुपमा प्रयोग गरेको छ ।
एक्जियम स्पेसले स्पेस होम मोड्युलको फोटो रिलिज गरेको छ । नासाका अनुसार एक्जियम सिगमेन्टमा तीन मोड्युल्स हुनेछन् ।
जसमा पहिलो नोड मोड्युल,दोश्रो रिसर्च एण्ड मेन्युफ्याक्चरिङ्ग फ्याकल्टी र तेश्रो विन्डो अर्थ अब्जर्बेटरीका साथमा क्रु ह्याबिटेट युनिट सामिल रहेको छ । स्पेस होम अन्तरिक्षका लागि सबैभन्दा ठूलो निर्माण हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया