कोठाको ढोका फुटाइ सुतेकै ठाउँमा पुगेर बलात्कार, विदेश जानै लाग्दा ८ महिनापछि विमानस्थलबाटै बस्नेत पक्राउ

काठमाडौँ । विदेश जान लागेका एक बलात्कार आरोपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेत रहेका छन् ।

बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो । ८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यतिबेला स्काभेटर चालकको रुपमा कार्यरत उनी सो घटनापछि फरार रहँदै आएका थिए ।

प्रहरीका अनुसार गत जेठ १४ गते बस्नेतले घरको कोठामा सुतिरहेको बखत राति युवतीमाथि बलात्कार गरेका थिए । कोठाको ढोका फुटाएर भित्र पसी मुख समेत थुनेर बोल्न नदिइ उनले बलात्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?