उपत्यकाको १८ पेट्रोल पम्प हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । उपत्यकाका विभिन्न ठाँउमा रहेका १८ वटा पेट्रोल पम्प हटाइने भएको छ । सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत सडक छेउमा रहेका पेट्रोल पम्पहरु हटाउँन लागिएको हो । त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले नेपाल आयल निगमलाई पत्राचार समेत गरिसकेको छ ।

उपत्यकामा रहेका धेरै पेट्रोलपम्पहरु सडक छेउमा रहेका छन् जसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई भएको भन्दै त्यस्ता पेट्रोलपम्प हटाउँन लागिएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । त्यसको लागि कार्यालयले ट्राफिक प्रहरीलाई समेत पत्राचार गरिसकेको जनाएको छ । सडक छेउ तथा सडकको घुम्तिमा रहेको पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले निगमले पहिचान भएका पम्पहरु हटाइने योजना रहेको छ ।

काठमाडौं उपत्यकामा बढि सवारी साधन भिडभाड हुने सडकहरुमा समेत पेट्रोलपम्म भएको कारणले हटाउनको लागि प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको र त्यहि अनुसार पेट्रोलपम्पहरुलाइ समेत पत्र पठाइएको निगमले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले काठमाडौंका १२ वटा तथा ललितपुरका ६ वटा पम्प हटाउन निगमलाई निर्देशन दिएको हो । त्यस्तै कार्यालयले पम्प सार्न वा स्थानान्तरणको लागि १५ दिनको समयावधि समेत दिएको छ । उक्त समयावधिमा पम्पहरुले कुन ठाँउमा सार्ने हो त्यसको अनुसूची भरेर कहा सार्ने हो निगमले सो ठाँउबारे जाँचबुझ गरि थप प्रक्रिया अघि बढाइने प्रधानमन्त्री कार्यालयले जनाएको छ । निगमबाट भने पेट्रोलपम्पलाई माघ ८ गते पत्राचार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?