क्यान्सर दीर्घकालीन रोग हो । यो शरीरको जुनसुकै भागमा हुनसक्छ । कोषहरुको असामान्य वृद्धिबाट लाग्ने क्यान्सरको समयमै पहिचान भएन भने प्राणघातक पनि बन्न सक्छ । कोषहरुको असामान्य वृद्धिबाट हुने क्यान्सरको स्थायी औषधीउपचार अहिलेसम्म पत्ता लागेको छैन ।
कसरी हुन्छ क्यान्सर ?
मानव शरीर अर्बौं कोषिकाबाट निर्मित हुन्छ । ती कोषिकाहरु निश्चित समयपछि ‘एक्सपायर’ हुन्छन् । अर्थात् मर्छन् । तिनका ठाउँमा शरीरले हरेक सेकेण्ड नयाँनयाँ कोषिकाहरु पुनःउत्पादन गरिरहन्छ । यसरी कोषिकाहरु मर्ने र बन्ने क्रम निरन्तर भइरहेको हुन्छ मानव शरीरमा । कोषिकाको वृद्धिलाई कोषभित्रकै डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर, अव्यवस्थित जीवनशैली, वंशाणुगत कारण, विषाक्त खानेकुरा, वातावरणीय प्रतिकुलता आदिका कारण कोषिकाको वृद्धिमा असामान्यपन देखिन्छ । यस्तो असामान्य वृद्धिले विभिन्न अंगमा गिर्खाहरु उत्पन्न हुन्छ । एक किसिमको गिर्खा हुन्छ जुन अन्य स्थानमा फैलिँदैन र हानिकारक पनि हुँदैन तर, अर्को किसिमको गिर्खा भने छिटोछिटो बढ्छ र अन्य ठाउँमा पनि फैलिँदै जान्छ । यस्तै गिर्खाले क्यानसर जन्माउँछ ।
क्यान्सरको मुख्य कारण यस प्रकार छन् :
९० प्रतिशत भन्दा बढी क्यान्सर जीनमा आउने परिवर्तन, अस्वस्थ्य जीवनशैली वा बाह्य कारणबाट हुने गर्दछ भने बाँकी १० प्रतिशत वंशाणुगत कारणले हुने गर्छ ।
निम्न कारणले क्यान्सरको जोखिम हुन्छ :
चुरोट, खैनी लगायत सुर्तीजन्य पदार्थ तथा मादक पदार्थ सेवन
बासी, सडेगलेको, तारेको, ढुसी परेको आदिजस्ता अस्वस्थ्यकर खानेकुराको सेवन
धुलो, धुवाँ वातावरण प्रदुषण
सुर्यको हानिकारक विकिरण
वंशाणुगत कारण
लक्षणहरु ?
शरीरका विभिन्न अंगमा गिर्खा वा गाँठागुठी देखिने
मुख खोल्न, खाना निल्न गाह्रो हुने
मुख सुक्ने
नयाँ कोठी देखापर्ने वा भएको कोठी बढ्दै जाने
कमजोरी, एक्कासी तौल घट्ने
लगातार खोकी लाग्ने, खकारमा रगत देखिने
पिसाबको समयमा गडबडी साथै दिसापिसाबमा रगत देखिने
एनेमियाः रगतको कमी
लगातार ज्वरो आउने तर, कारण पत्ता नलाग्ने
समयमा रजस्वला नहुने, रजस्वला हुँदा रगत नआउने
क्यान्सरबाट बच्ने घरेलु उपाय :
चुरोट, खैनी, तम्बाखु लगायत सुर्तीजन्य र मादक पदार्थको सेवन नगर्ने
गाईको मुत्र, गहुँको जमराको जुस, ताजा फलफूलको जुसको सेवन
नियमित व्यायाम, अत्याधिक तौल भए घटाउने
अनावश्यक औषधी सेवन नगर्ने
अत्याधिक चिल्लो, पिरो खानेकुरा नखाने
धुवाँधुलो, प्रदुषणबाट टाढै रहने
स्वस्थ्य खानपान र जीवनशैली अवलम्बन गर्ने
महिलाहरुलाई हुने सर्भाइकल क्यान्सरबाट बच्न ह्युमन प्यापिलोमा भाइरसको खोप लगाउने
क्यान्सरसँग सम्बन्धित केही रोचक तथ्य :
विश्वभरि हुने मृत्युको दोस्रो कारण हो, क्यान्सर । सन् २०१८ मा मात्रै ९६ लाख जनाको क्यानसरकै कारण मृत्यु भएको तथ्याङ्क छ ।
क्यान्सरबाट हुने कुल मृत्युको २२ प्रतिशत सुर्तीजन्य पदार्थको सेवनका कारण हुनेगर्छ ।
करिब ७० प्रतिशत क्यान्सरबाट हुने मृत्यु निम्न वा मध्यम आय भएका देशमा हुने गरेको छ ।
आधाभन्दा बढी क्यान्सरका घटनाहरु रोकथाम गर्न सकिने किसिमका हुन्छन् ।
अहिलेसम्म क्यान्सरका २०० भन्दा बढी प्रकारहरु पत्ता लागिसकेको छ ।
विश्वभरि ३ करोड भन्दा बढी क्यान्सरबाट बाँचेका व्यक्तिहरु छन् ।
महिलाहरुको देब्रे स्तनमा स्तन क्यान्सर हुने जोखिम बढी हुन्छ ।
लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
आर्यघाटमा शव जलाउने ‘घाटे बाजे’ को कथा – आखिर भोलि म पनि यसरी नै जल्नु छ
६५ जना असहायकी प्यारी ‘सुमी आमा’ स् पत्रकारबाट समाजसेवामा यसरी होमिइन्
नेपालको एकमात्र लोकबाजा संग्रहालयः गुरु दक्षिणाका रुपमा बनाएका थिए रामप्रसादले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया