घरमा कोहि नभएको मौका छोपी १२ वर्षिया बालिकामाथि बलात्कार, ६५ वर्षीय तामाङ यसरी परे फन्दामा

बालिकालाई ११ सय रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेका थिए

काठमाडौं । झापामा १२ वर्षीया बालिका बलात्कृत भएका छन् । सोमबार राती ८ः४० बजे अर्जुनधार नगरपालिका–१ की १२ वर्षीया बालिकालाई घरमा कोही नभएको मौकामा जबरजस्ती गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० बस्ने ६३ वर्षीय प्रदिप तामाङ रहेको प्रहरीले जनाएको छ ।

मदिराले मातिएका तामाङले बालिकालाई ११ सय रुपैयाँ दिई प्रलोभनमा पार्न खोजेका थिए । तर, उनले हो–हल्ला गरेपछि तत्कालै घटनास्थलमा पुगेका स्थानीयले तामाङलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?