काठमाडौं । चलचित्र नगरीमा केहि यस्ता अभिनेता तथा अभिनेत्रीहरु छन्,जसले आफ्नो अभिनयले लाखौँ दर्शकहरुको मन जितेका छन् ।
चलचित्र नगरीमै केहि अेभिनेत्रीहरुले कोहि एक्टर, डाक्टर वा कोहि राजनेताहरुसँग विवाह पनि गरेका छन् । तर के तपाईलाई केहि अभिनेत्रीहरु विवाह भन्दा अगाडि नै गर्भवती भएको कुरा थाहा छ ? यदि छैन भने हामी आज तपाईहरुलाई यसको बारेमा जानकारी दिनेँछौँ ।
यी हुन् विवाह अगाडि नै गर्भवती बनेका ६ बलिउड अभिनेत्री
१. सेलिना जेटली
मिस इन्डिया युनिभर्स सेलिना जेटलीका श्रीमान दुबईको एक होटलका मालिक हुन् । सेलिनाले धेरै लामो समयसम्म उनीसँग डेटमा गरेकी थिइन् । र उनीहरको विवाह गर्ने खबर सन् २०११ मा बाहिर आएको थियो ।
तर सेलिनाले विवाह भएको केहि दिन पछि नै उनले आफू गर्भवती रहेको खबर सार्वजनिक गरेकी थिइन् । उनले जुम्ल्याहा छोरा जन्माएकी थिइन् ।
उनले विवाह हुनुपूर्व नै आफ्नो पेटमा बच्चा रहेको खबर सुनाएर सबैलाई चकित बनाएकी थिइन् ।
२. महिमा चौधरी
सन् २००६ मा विवाह गरेकी बलिउड अभिनेत्री महिमा चौधरीले विवाह भएको केहि समय पछि नै छोरीलाई जन्म दिएर अचम्मित बनाएकी थिइन् । उनी पनि विवाह अगाडि नै गर्भवती थिइन् ।
३. श्रीदेवी
चर्चित बलिउड अभिनेत्री श्रीदेवी पनि विवाह अगाडि नै गर्भवती थिइन् भन्ने कुराको भारतीय सञ्चारमाध्यामहरुले खबर प्रकाशित गरेका थिए ।
यो खबरलाई श्रीदेवीले स्वीकारेकी पनि थिइन् । श्रीदेवी बोनी कपुर आफ्नो पहिली श्रीमतीसँग सम्बन्ध बिच्छेद नहुँदै श्रीदेवी गर्भवती थिइन् ।
श्रीदेवी र बोनीले केहि महिना पछि सन् १९९६ मा विवाह गरेका थिए । विवाह भएको केहि महिनापछि नै श्रीदेवीले छोरी जन्माएकी थिइन् ।
४. कोनकोना सेन शर्मा
बलिउड अभिनेत्री कोनकोना सेन शर्मा पनि विवाह अगाडि नै गर्भवती थिइन् । उनीले रणवीर शिरोएसँगको सम्बन्धबाट विवाह अगाडि नै गर्भवती बनेकी थिइन् । तर उनले भागेर विवाह गरिसकेको कतिपयले आँकलन गरेका थिए ।
५. अमृता अरोरा
अमृता अरोरा पनि विवाह अगाडि नै गर्भवती बनेकी बलिउड अभिनेत्री हुन् । उनी बलिउड अभिनेत्री,टिभी एंकर र मोडल हुन् ।
६. लीजा हेडन
लीजा हेडन पनि विवाह भन्दा अगाडि नै गर्भवती बनेकी थिइन् । लीजाले स्वयं नै आफू विवाह अगाडि नै गर्भवती बनेको कुरा सार्वजनिक गरेकी थिइन् ।
उनले सन् २०१६ मा आफ्ना ब्वाईफ्रेन्ड दिनो लालवानीसँग विवाह गरेकी थिइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया