काठमाडौं । सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिएकी छिन् । उनले छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौतीसमेत दिएकी छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै त्यस्तो चुनौती दिएकी हुन् ।
उनले भनीन् “डलर खेती गर्नेहरुको टाउको दुखाई गर्नु स्वभाविक हो किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो । अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन । त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाई हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाईदिनुहुन अनुरोध गर्दछु । सुुदुरपश्चिमेली कर्णालीका हरुले टाउको उठाईरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबारसम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ ।
केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया