काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा ४ दशमलव २१ प्रतिशतले बृद्धि भएको हो । बैंकका अनुसार बैंकको पहिलो त्रैमासिकको तुलनामा मात्रै नाफा ४५ करोड ७३ लाख रुपैयाँले बृद्धि गरेको छ ।
बैंकको यस अवधिमा व्याज खर्च तथा व्याज आम्दानी बराबरीको हाराहारीमा रहेको छ । बैंकको यस अवधिमा खुद व्याज आम्दानी १४ प्रतिशतले बृद्धि भइ २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । भने व्याज खर्च १५ प्रतिशतले बृद्धि भइरहेको छ ।
त्यस्तै बैंकको एक वर्षको अवधिमा निक्षेप १० अर्ब बढाएको छ । जसका कारण बैंकको निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । भने बैंकले कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । जसमा बैंकले ८ अर्ब ५८ करोड रुपैयाँले बृद्धि गरेको हो ।
साथै हाल बैंकको खराज कर्जाको अनुपात २ दशमलव ४७ प्रतिशतबाट बढाएर ३ दशमलव १२ प्रतिशतमा पुर्याउन सफल भएको छ । भने बैंकको स्प्रेडदर यस अवधिमा सामान्य रुपमा घटेको छ । जस अन्तर्गत बैंकको स्प्रेडदर ४ दशमलव ८७ रहेको थियो भने हाल सामान्य रुपमा कमि भइ ४ दशमलव ८३ प्रतिशतमा झरेको बैंकले जनाएको छ । भने बैंकको आधारदर ९ दशमलव ७३ प्रतिशतबाट ९ दशमलव ४५ प्रतिशतमा पुगेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया