वैज्ञानिकरुले पृथ्वीमा फेला पारे ५७ करोड वर्ष पुरानो जीवाश्म !

काठमाडौं । संसारको उत्पत्ति र जीवहरुको उत्पत्ति कसरी भयो ? यो कुरा वैज्ञानिकहरुका लागि अहिले सम्म पनि चर्चाको विषय नै रहेको छ ।

एक चट्टानमा भेटिएको ५७ करोड वर्ष पहिलेको जीवाश्मले अहिले वैज्ञानिकहरुमा तहल्का मच्चिएको छ । यो चट्टान वैज्ञानिकहरुले क्यानडाको न्यु फउण्डेशनमा फेला पारेका थिए ।

न्यु फउण्डेशनको दक्षिण पूर्वी किनारमा स्थित यो चट्टान रहस्यमयी रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार त्यहाँ जाने जहाजलाई टाढैबाट फरक किसिमको कुरा देखिने गरेको बताएका छन् ।

त्यो ठाउबाट आएका अधिकांश जहाजहरु डुब्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् । त्यसैले यो ठाउँलाई मिसटेकन पनि भन्ने गरिन्छ ।

पृथ्वीमा पानीबाट उत्पत्ति भएका सबै जीवहरु त्यहिँबाट उत्पत्ति भएको वैज्ञानिकहरुको दाबी छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीका एक्सपर्ट फ्र्यान्की डुनका अनुसार चट्टानको नजिक हजारौँ जीवाश्महरु रहेका छन् ।

उनका अनुसार ५७ करोड वर्ष भए पुरानो जीवाश्म फेला परेको हो । यी जीवहरु ज्वालामुखी बिस्फोट पछि माँसिदै गएका थिए ।

न्युजिल्याण्डको तटमा पाइने एडिकरन कल्पका जीवाश्महरु धर्तीको इतिहासका महत्वपूर्ण भाग भएको वैज्ञानिकहरुको दाबी छ ।

यी जीवहरु भन्दा पहिला करिब चार अर्ब वर्ष अगाडि समुन्द्रमा कोशिका वाला जीवहरु नै पाइने गरेको वैज्ञानिकहरुको भनाई छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?