काठमाडौं । संसारमा धेरै यस्ता रहस्यमयी कुराहरु छन् जसलाई विश्वास गर्नै गाह्रो पर्दछ । वैज्ञानिकहरुले टेलिस्कोपको सहायताले युरेनस नामको एउटा ग्रह पत्ता लगाएका छन् ।
यो ग्रह सूर्य भन्दा धेरै टाढा रहेको छ । नर्वेलाई ६ महिना दिन तथा ६ महिना रात हुने देशको रुपमा चिनिन्छ । तर युरेनस नामको यो ग्रहमा ४२ वर्ष रात र ४२ वर्ष नै दिन हुन्छ ।
युरेनसलाई अरुण ग्रहका नामले चिन्ने गरिन्छ । यो ग्रहमा बिभिन्न ग्यासहरु पाइने गर्दछ । त्यसैले यो ग्रहलाई दानव ग्रह भनेर पनि चिन्ने गरिन्छ । यो ग्रहमा एक वर्ष भनेको पृथ्वीको ८४ वर्ष हुन्छ ।
यो ग्रहको दक्षिणी र उत्तरी ध्रुवमा धरै टाढा पर्दछ । त्यसैले यो ग्रह ४२ वर्ष सम्म सूर्यको प्रकाश बिना नै रहन्छ । अरुण ग्रह सूर्यभन्दा लगभग ३ अर्ब किलोमिटर टाढा रहेको छ ।
अरुण ग्रहलाई चीसो ग्रहहरुमा पनि लिने गरिन्छ । त्यहाँको औसत तापक्रम माइनस १९७ डिग्री सेल्सियस हुन्छ ।
पृथ्वीको नजिक चन्द्रमा भएजस्तै अरुण ग्हको नजिक पनि अन्य २७ वटा चन्द्रमा रहेका छन् । यो ग्रहमा कहिल्यै पनि मौसम एकै प्रकारको हुँदैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया