चर्चित हलिउड अभिनेता जोनी डेपमाथि श्रीमतीको हिंसा

काठमाडौं । चर्चित हलिउड अभिनेता जोनी डेप यतिबेला धेरै चर्चामा रहेका छन् । यतिबेला उनी श्रीमतीको हिँसामा परेकाले चर्चामा आएका हुन् ।

पाइरेट्स अफ क्यराबियन फिल्मका अभिनेता डेपलाई श्रीमती एम्बर हर्डले बारम्बार कुटपिट गर्ने गरेको खुलासा भएको छ ।

जोनीले पाँच वर्षअगाडि विवाह गरेका थिए । त्यसैबेलादेखि जोनी श्रीमतीको घरेलु हिंसामा परेको रहस्य बाहिरिएपछि उनका प्रशंसकहरुले अहिले उनी माथि न्याय हुनुपर्छ भन्दै सामाजिक सञ्जालमा चर्काे दबाब दिएका छन् ।

डेप र हर्डले सन् २०१५ मा विवाह गरेका थिए। हर्डले २३ मे २०१६ मा डेपमाथि सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्।

हर्डले आफूमाथि ड्रग्स र मदिराको प्रभावमा डेपले दुव्र्यवहार गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। बेलायती पत्रिका डेली मेलले प्राप्त गरेको अडियो क्लिपमा उनीहरु आफ्नो वैवाहिक सम्बन्धको बारेमा कुरा गरिरहेको र उक्त क्लिप हर्डले डेपलाई बारम्बार हिर्काएको स्वीकार गरेको पाइएको छ ।

उक्त अडियो क्लिप सार्वजनिक भएसँगै जोनी डेपका प्रशंसकहरुले सामाजिक सञ्जालमा ‘जस्टिस फर जोनी डेप’ भन्दै अभियान नै चलाएका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?