हिमालयन बैंकले कमायो १ अर्ब ७४ करोड, २७ दशमलव २५ प्रतिशतले नाफा बृद्धि

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाउन सकेको थियो । जसलाइ हेर्दा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ करोड ५३ लाख अर्थात २७ दशमलव ४५ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।

बैंकले ६ महिनामा गरेको उक्त नाफाबाट शेयरधनिलाई करिव ९२ करोड ९२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । भने बैंकले यस समिक्षा अवधिमा कुल २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद व्याज कमाउन सफल भएको छ ।

गत वर्षको तुलनामा खुद व्याज आम्दानी समेत बृद्धि गरेको छ । अघिल्लो आवको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

हाल बैंकको यस अवधिसम्ममा निष्क्रिय कर्जा भने बृद्धि भएको छ । हाल बैंकको निष्क्रिय कर्जा १ दशमलव २८ प्रतिशत रहेको छ । भने गत आवमा त्यस्तो कर्जा १ दशमलव २५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

हाल बैंकको सञ्चिती कोषमा ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । भने बैंकको स्प्रेडदर ५ दशमलव ३२ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर बृद्धि भएको कारण पनि नाफा कमाउन सफल भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?