झापा । झापामा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिकाका २९ वर्षीय दिल कुमार कामी रहेका छन् । कामीलाई मंगलबार ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कामीले आफ्नै गाउँकी १४ वर्षीया बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया