कृषि विकास बैंकको खुद नाफा १ अर्ब ५८ करोड

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कृषि विकास बैंकले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पुस मसान्तसम्मको अवधिमा खुद नाफा १ अर्ब ५८ करोड १७ लाख आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको यहि अवधिको खुद नाफा १ अर्ब २८ करोड ८० लाख कमाएको थियो ।

तथ्यांक अनुसार बैंकले यो २९ करोड ३६ लाख रुपैयाँ बढि नाफा कमाएको हो । अर्थात बैंकले समिक्षा अवधिमा २२ दशमलव ८० प्रतिशतले नाफा बृद्धि गरेको हो ।

बैंकले यस अवधिमा १ खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेको छ । भने बैंकले १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै बैंकले ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको तथ्यांकले देखाएको छ ।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रहेको छ । जगेडा बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड ८५ लाख रहेको छ भने शेयरधनी कोषमा भने ४ अर्ब ४६ करोड २८ लाख रहेको बैंकले जनाएको छ । साथै चालू आवको समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

चालू आवको पुस मसान्त सम्मको अवधिमा बैंकको निष्क्रिय कर्जा ३ दशमलव ९१ प्रतिशतमा झरेको छ, त्यस्तै गत आवको यहि अवधिमा बैंकको निष्क्रिय कर्जा रहेको थियो । भने यस हाल बैंकको अन्य सञ्चालन आम्दानी १४ करोड ८७ लाख रुपैयाँले बृद्धि भइ १८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?