अभिनेत्री आँचल शर्मा फागुनमा विवाह गर्दै

काठमाडौैं । चलचित्र नाई नभन्नु ल ४ बाट सिने नगरीमा आफ्नो अभिनयको यात्रा आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले विवाह गर्ने भएकी छन्। आँचलले प्रेमी डा.उदीप श्रेष्ठसँग घरजम बसाउँन लागेकी हुन् ।

उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन् । समय –समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका छन् ।

अभिनेत्री आँचलले आउँदो फागुनमा प्रेमी उदिपसँग विवाह हुन लागेको लोकपथसँगको कुराकानीमा बताएकी हुन्।

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफूहरू वैवाहिक सम्बन्धमा बाँधिन लागेको आँचलले लोकपथसँग बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?