काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको “जीरि आई स्टडि” को लागि बैंकले आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वका लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत १० लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली तथा तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सीईयो यम बहादुर मल्लले हस्ताक्षर गरेका हुन् ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको अनुवंशिक अनुसन्धानमा बैंकले सहयोग गरेको जनाएको छ । २०१४ बाट शुरुवात भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँगै बदलिँदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ ।
साथै समाजमा प्रभावकारी योगदान पुर्याउने हेतुले स्थापित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत बैंकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ । साथै आगामी दिनहरुमा पनि समाजमा योगदान पुर्याउँदै जाने प्रतिवद्धता बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया