काठमाडौ ।नेकपाका महाचिब विष्णु पौडेललाई राहत हुनेगरी अख्तियारले ललिता निवास जग्गा प्रकरणमा अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवासभित्र नै महासचिब पौडेलका छोरा नविन पौडेलको नाममा जग्गा रहेको थियो । तर अख्तियारले नविनले नेपाल सरकारलाई जग्गा फिर्ता गर्न राजि भएको भन्दै मुद्दा दायर नगरेको जनाएको छ ।
ललिता निवासको जग्गा सरकारले अधिग्रहण गरेको तर राजनीतिक कारणले जफत भएको भनी सम्बन्धित धनीलाई फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा १ सय ७५ जनाविरुद्ध मुद्दा दर्तापछि जारी विज्ञप्तिमा अख्तियारले भनेको छ, ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम रहेका हालका जग्गाधनीहरुमध्येका कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान तथा आयोग समक्ष पेश गरेको निवेदनमा काठमाडौं बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५५ बमोजिम हाल निज कुमार रेग्मी र नवी पौडेलको हकमा जग्गा जफतको मागदावी नलिने।’
पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले ललिता निवास सन्दर्भमा अनुसन्धान अघि बढाएदेखि नै पौडेलको नाम मुछिएको भएपनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा माफीको शैलीमा मुद्दा दर्ता भएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया