विलियम शेक्सपियरका जीवन बदल्ने ११ भनाईहरु

अप्रिल २३ सन् १५६४ मा बेलायतमा जन्मिएका विलियम शेक्सपियर महान कवि तथा नाटककार हुन् । उनी तेश्रो सन्तानका रुपमा जन्मिएका थिए ।

शेक्सपियर बिनाको साहित्य अपुरो छ भन्दा पनि खासै फरक नपर्ला । उनले १८ वर्षकै उमेरमा विवाह गरेका थिए । उनी आफ्नो लेखन यात्रा भन्द्या अगाडि विद्यालयमा अध्यापन गराउँने गर्दथे ।

उनले आफ्नो साहित्य यात्रा भने नाटक लेखनबाट शुरुवात गरेका थिए । उनको पहिलो नाटक सन् १५९२ मा बेलायतमा मञ्चन गरिएको थियो ।

१. सबैलाई प्रेम गर,थोरैलाई विश्वास गर र कसैलाई दुःख नदेउ ।

२. धेरै सुन, थोरै बोल ।

३. यदि संगीत प्रेमको खानी हो भने बज्न देउ ।

४. यहाँ न असल छ न खराब,असल खराब त हाम्रो सोचाईको उपज हो ।

५. हामी को हौँ, यो हामीलाई थाहा छ,तर हामी के बन्न सक्छौँ त्यो थाहा छैन ।

६. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

७. कायरहरु मर्नु अगाडि नै पटक पटक मरिसकेका हुन्छन् ।

८. निडर मानिसले ख्यातिको शिखर एकै पलमा चुम्न सक्दछ ।

९. हामीले पुग्नुपर्ने गन्तव्य तारा होइन, आफैभित्र छ ।

१०. प्रेम अन्धो हुन्छ ।

११. एउटा रित्तो भाँडोले नै धेरै ठूलो आवाज निकाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?