हुवावे वाई एस सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाण्डौं । स्मार्टफोन कम्पनी हुवावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा हुवावे वाई एस सार्वजनिक गरेको छ ।

उक्त फोनमा शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फोनमा वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको रहेको छ ।

वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशेषताहरू रहेका छन् ।

कम्पनीका अनुसार वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा रहेको छ ।

त्यस्तै यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुनेछ । जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्ने सुविधा रहेको छ ।

ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ । ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ ।

वाई सिक्स एसको बजार मूल्य रुपैयाँ १४,९९० तोकिएको छ । वाई सिक्स एस दुई वटा कालो र नीला रङहरुमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?