काठमाडौं । सोच्नुहोस् त अन्तरिक्ष कस्तो होला ? हावा, पानी, उज्यालो केही नभएको शुन्य अन्तरिक्षमा दिन बिताउन कति कठिन होला ? तर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोचले अन्तरिक्षमा ३२८ बिताउन सफल भएकी छिन् । अन्तरिक्षमा १३.९ करोड किमि भ्रमण गरेर उनी आज पृथ्वीमा फर्किदैछिन् ।
अन्तरिक्षमा सबैभन्दा लामो सयम बिताएर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन बिताएकी थिइन् ।
अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न उनी पृथ्वीमा फर्किँदै छिन् । उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा बिताएका छैनन् ।
कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए । यो कोचको पहिलो अन्तरिक्ष मिसन थियो । उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन् ।
अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५,२४८ चक्कर लगाएर १३।९ करोड किलोमिटर यात्रा गरेकी छिन् जुन २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया